Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

    रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 216
    SHARES

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ ।

    सहकारी ठगीको आरोपमा पक्राउ परेका सभापति लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको हो ।



    जिल्ला प्रहरी कार्यालय कास्कीले सभापति लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि अनुमति माग गरेको थियो ।



    कास्की जिल्ला अदालतकाअनुसार न्यायाधीश नवराज दाहालको इजलासले ६ दिनको अनुमति प्रदान गरेको हो ।

    प्रहरीले गत शुक्रबार राति काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो ।

    शुक्रबार राति स्थलमार्ग हुँदै शनिबार बिहान लामिछानेलाई जिल्ला प्रहरी कास्कीको हिरासतमा राखिएको थियो ।

    संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम लामिछाने पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएकोले कारबाही सिफारिस गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार