Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • रास्वपा कार्यकर्तामाथि प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहरा

    रास्वपा कार्यकर्तामाथि प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहरा

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 270
    SHARES

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूको पर्दशनमा प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको छ।

    सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको हो।



    आइतबार दिउँसो पोखराको सहिद चोकमा रास्वपा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए।



    निषेधित क्षेत्रबाट हट्न पटक-पटक गरेको आग्रहलाई प्रदर्शनकारीहरूले अटेर गरेको भन्दै प्रहरीले सुरूमा पानीको फोहरा हानेको थियो।

    त्यसक्रममा रास्वपा कार्यकर्ताहरू र प्रहरीबीच धकेलाधकेल भएको छ। त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई लक्षित गर्दै अश्रुग्यास हानेको छ।

    सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले गत शुक्रबार पक्राउ गरी पोखरा लगेको थियो। लामिछानेलाई आइतबार दिउँसो जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार