Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • पोखराको शहिद चोक र गैह्रापाटन क्षेत्रमा निषेधाज्ञा जारी

    पोखराको शहिद चोक र गैह्रापाटन क्षेत्रमा निषेधाज्ञा जारी

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 81
    SHARES

    पोखरा । राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचनाच जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।



    जिल्ला प्रशासन कार्यालय कास्कीले शहिदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरेको छ ।

    यसअघि मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार