Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • नेतान्याहूको निवासलाई लक्षित गरी ड्रोन हमला

    नेतान्याहूको निवासलाई लक्षित गरी ड्रोन हमला

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 75
    SHARES

    एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाएर लेबनानले ड्रोन हमला गरेको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत सो घटनाबारे जानकारी दिएको हो ।

    विज्ञप्तिमा नेतन्याहू र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ।



    शनिवार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोनहरू इजरायलको हवाई सुरक्षा निकायले खसालेको थियो ।



    आक्रमण पछि नेतन्याहूले लेबनानले ड्रोन आक्रमण गरेर ठूलो गल्ती गरेको बताउँदै लेबनानले मेरो हत्याका लागि बनाएको ड्रोन आक्रमणको योजना उसको लागि भयावह बन्न सक्ने चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार