Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • अलकायदाको आग्रह – गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्नू

    अलकायदाको आग्रह – गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्नू

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 144
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्न हमाससँग आग्रह गरेको छ ।

    सैफ अल–अदेलका ससुरा अबु वालिद अल–मसरीका नामले समेत चिनिने मुस्तफा हमिदले शुक्रबार इजरायली बन्धकलाई रिहा गर्न आग्रह गरेका हुन् ।



    इजरायली बन्धकहरूलाई जीवित र मृत अवस्थामा फर्काउनेतर्फ दिइएको ध्यानका कारण इजरायलले कब्जामा राखेका प्यालेस्टिनी कैदीहरूको भाग्यलाई ओझेलमा पारिरहेको हमिदले दाबी गरेका छन् ।



    उनले इजरायलले बिहीबार नै मारेको घोषणा गरेका हमासका नेता याह्या सिनवारको प्रशंसा गरे । सन् २०२३ को अक्टोबर ७ मा इजरायलविरुद्ध गरिएको आक्रमणका मुख्य योजनाकार सिनवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार