Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • एमाले पार्टी कार्यालय बनाउन रास्वपाद्वारा ‘एक रुपैयाँ दान संकलन’ !

    एमाले पार्टी कार्यालय बनाउन रास्वपाद्वारा ‘एक रुपैयाँ दान संकलन’ !

    अनलाइन नेपाल
  • शनिबार, ३ कार्तिक २०८१
  • 237
    SHARES

    काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय भवन बनाउन रास्वपाका कार्यकर्ताहरूले व्यङ्ग्य गर्दै ‘एक रुपैयाँ दान संकलन’ कार्यक्रमको नाममा विरोध प्रदर्शन गरेका छन् ।

    भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले जग्गा दान गरेको कुरालाई लिएर रास्वपाका कार्यकर्ताहरूले व्यङ्ग्यपूर्ण शैलीमा आलोचना गरेका हुन् ।



    शनिबार माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीविरुद्ध नाराबाजी गर्दै व्यङ्ग्यपूर्ण शैलीमा एमालेको भवन निर्माणलाई लिएर आलोचना गरे ।



    रास्वपा सभापति लामिछानेलाई सहकारी रकम हिनामिनाको आरोपमा शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो। सोहीको विरोधमा रास्वपा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार