Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • गठबन्धन सरकार तत्कालै ढल्दैन, तर काम चित्तबुझ्दो छैन : शेखर कोइराला

    गठबन्धन सरकार तत्कालै ढल्दैन, तर काम चित्तबुझ्दो छैन : शेखर कोइराला

    अनलाइन नेपाल
  • शनिबार, ३ कार्तिक २०८१
  • 144
    SHARES

    मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस –एमाले गठबन्धनको सरकारले ढल्ने सम्भावना नभएको दाबी गरेका छन् ।

    मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो दाबी गरेका हुन् । उनले तत्कालै सरकार ढल्ने सम्भावना नरहेको बताए ।



    वर्तमान गठबन्धनको सरकार राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको डा. कोइरालाको भनाइ थियो ।



    उनले आगामी निर्वाचनसम्म यो सरकार रहने दाबी पनि गरे। सरकार ढल्ने सम्भावना नभए पनि सरकारको काम चित्तबुझ्दो नभएको कोइरालाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार