Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नवलपरासीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    नवलपरासीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३ कार्तिक २०८१
  • 153
    SHARES

    फाइल तस्विर

    नवलपरासी । नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको हो ।



    अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ ।



    घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ ।

    क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ ।

    मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार