Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सरकार सहकारीको समस्या समाधान गर्नु भन्दा प्रतिशोध साँध्नेतिर लाग्यो : मनिष झा

    सरकार सहकारीको समस्या समाधान गर्नु भन्दा प्रतिशोध साँध्नेतिर लाग्यो : मनिष झा

    अनलाइन नेपाल
  • शनिबार, ३ कार्तिक २०८१
  • 153
    SHARES

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्नेतिर मात्र लागेको बताएका छन् ।

    शनिबार पोखरामा भएको विरोध प्रदर्शनको क्रममा बोल्दै सहप्रवक्ता झाले यस्तो बताएका हुन् । उनले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताए ।



    सहकारीको रकम गोर्खा मिडिया प्रालिमार्फत अपचलन भएको र त्यसमा उनको संलग्नता रहेको आशंकामा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो ।



    सहकारी वचत अपचलन संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको देखाएको तर सरकारले गोर्खा मिडिया प्रालिमा सहकारीबाट गएको ६५ करोडको विषयलाई मात्र उछालेको सहप्रवक्ता झाको भनाई छ ।

    रविलाई पक्राउ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुण्ठा मात्र पोखेको सहप्रवक्ता झाले बताए ।

    सहकारी समस्यालाई सरकारले समग्रमा हेर्नुपर्ने भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सहयोग गर्न तयार रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार