Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने सरकारको निर्णय

    टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, ३ कार्तिक २०८१
  • 120
    SHARES

    काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सरकारले सर्च कमिटीलाई पूर्णता दिने निर्णय गरेको छ ।

    शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सर्च कमिटी बनाउने निर्णय गरेको हो ।



    बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेका थियो ।



    सोही अनुसार मन्त्रिपरिषद्ले त्यसलाई पूर्णता दिँदै टीआरसी गठनको बाटो खुला गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार