Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • सहकारी ठगी प्रकरण

    पूर्व डीआईजी छविलालविरुद्ध २० दिनको म्याद थप

    पूर्व डीआईजी छविलालविरुद्ध २० दिनको म्याद थप

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 147
    SHARES

    पोखरा । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले २० दिनको म्याद थप गरेको छ ।

    सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व डीआईजीसमेत रहेका छविलालविरुद्ध २० दिनको म्याद थप गरिएको हो ।



    ६ असोजमा पक्राउ परेका जोशीलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतले जनाएको छ ।



    दसैँ बिदाका कारण १७ असोजपछि अदालत बन्द भएको थियो । जोशी भने प्रहरीको हिरासतमै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार