Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • माछापुच्छ्रे सहकारीका सञ्चालकसहित १०९ जनाविरुद्ध मुद्दा

    माछापुच्छ्रे सहकारीका सञ्चालकसहित १०९ जनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 87
    SHARES

    विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर भएको छ ।

    विराटनगर–७ स्थित माछापुच्छ्रे सहकारी संस्थाका सञ्चालक र ऋणीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको हो ।



    सहकारीका सञ्चालहरूले बचतकर्ताको ७ करोड ८४ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।



    जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीका वर्तमान अध्यक्ष अमलेश कर्णसहित उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, कोषध्यक्ष सोमी भगत, सञ्चालक प्रभाकर थापाविरुद्ध मुद्दा दायर गरेको हो।

    प्रतिवादी बनाइएकामध्ये २१ जना सहकारीका वर्तमान र पूर्वसञ्चालक हुन् । अन्य सहकारीका ऋणी हुन् ।

    सहकारीका अध्यक्ष कर्णसहित सहकारीका पदाधिकारी, सञ्चालक समितिदेखि ऋण उपसमितिका संयोजकदेखि सदस्यहरू गरी २१ जना र ८८ जना ऋणी गरी कुल १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

    गत भदौमा १०३ जना सहकारी पीडितहरूले अध्यक्ष कर्णसहित सञ्चालकहरू विरुद्ध ‘सहकारी ठगी’ मा उजुरी दिएका थिए । प्रहरीले अध्यक्ष कर्णलाई पक्राउ गरिसेको छ ।

    प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो ।

    प्रहरी अनुसन्धानका क्रममा भने ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखिएको छ । प्रहरीमा १०३ जना बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको मागसहित निवेदन दिएका छन् ।

    अदालतमा दायर भएको अभियोग पत्रमा सहकारी संस्थाले १८३ जनालाई ६ करोड ३४ लाख ७६ हजार २२६ रुपैयाँ ऋण लगानी गरेको देखाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार