Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको विजयी सुरुवात

    साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको विजयी सुरुवात

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 195
    SHARES

    काठमाडौं । श्रीलंकाले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

    दशरथ रगंशालामा भएको पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै श्रीलंकाले विजयी सुरुवात गरेको हो ।



    श्रीलंकाले मालदिभ्सलाई १–० गोलअन्तरले पराजित गर्‍यो। खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बन्यो।



    परेराको क्रसमा इमेसा अनुराधिनीको गोलमा श्रीलंकाले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा श्रीलंकाले पहिलो जित निकालेको हो।

    जितसँगै ३ अंक जोडेको श्रीलंका समूह बी को शीर्ष स्थानमा उक्लिएको छ।

    आजै हुने समूह बी को दोस्रो खेलमा घरेलु टोली नेपाल र भूटान भिड्दैछन्। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार