Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • महिला स्वास्थ्य स्वयंसेविकाहरुले सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउने

    महिला स्वास्थ्य स्वयंसेविकाहरुले सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 108
    SHARES

    काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्।



    स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी समेत भएको छ ।



    कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघले सहमति जनाएका हो ।

    यस सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार