Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • अमेरिकाले दियो सन्दीपलाई भिसा, आजै बेलुका उड्ने

    अमेरिकाले दियो सन्दीपलाई भिसा, आजै बेलुका उड्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 186
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अन्तत: अमेरिकाको भिसा पाएका छन् ।

    टी -२० विश्वकप क्रिकेट खेल्न जान नपाएका उनलाई लिग २ क्रिकेट खेल्न जान भने अमेरिकाले भिसा दिएको हो ।



    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।



    लिग २ को क्यानडा सिरिज खेलेर अरु खेलाडी अमेरिका गएका थिए । तर भिसा नपाएका कारण सन्दीप भने क्यानडाबाट नेपाल आएका थिए ।

    नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला आजदेखि सुरू भएको थियो ।

    आईसीसी लिग २ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको सिरिज यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा सञ्चालन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार