Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाउने गेष्टहाउस सञ्चालक पक्राउ

    बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाउने गेष्टहाउस सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 60
    SHARES

    काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा एक जना गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ घर भएका वर्ष २९ का सुजन तमाङ रहेका छन् ।



    मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले उनलाई टोखा महानगरपालिका २६ नयाँबसपार्कस्थित निमा गेष्टहाउसबाट पक्राउ गरिएको हो ।



    तमाङले सञ्चालन गरेको निमा गेष्टहाउसमा नाबालिकालाई सरसफाईको काममा लगाई दिने भन्दै बेश्यावृत्तिमा लगाएको खुल्न आएको ब्यूरोका प्रमुख एसएसपी ओम रानाले बताए।

    बालिकालाई बेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाए बापत उनले ग्राहक १ देखि २ घण्टासम्मको २००० देखि ३००० र रातभर वेश्यावृत्तिमा लगाउँदा ६००० सम्म लिने गरेको मानव बेचबिखन अनुसन्धान व्यूरोको अनुसन्धानबाट खुलेको छ ।

    पीडित बालिकालाई १ महिनासम्म गेष्ट हाउसहरुबाट बाहिरसमेत निस्कन नदिई बिरामी भएको समयमा समेत जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको बताईएको छ ।

    पीडित बालिकाले काम गरे बापतको पारिश्रमिक माग्दा अभियुक्तले उल्टै गाली गलौज तथा कुटपिट समेत गरी यातना दिने गरेको ब्यूरोका प्रमुख रानाले बताए ।

    बालिकालाई जबरजस्ती बेश्यावृत्तिमा लगाएको भन्ने जाहेरीको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले गेष्टहाउस सञ्चालक तामाङलाई टोखाबाट पक्राउ गरेको थियो ।

    तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धानगरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार