Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • यो सरकारले बिचौलियाहरुको लागि मात्र काम गर्छ : वर्षमान पुन

    यो सरकारले बिचौलियाहरुको लागि मात्र काम गर्छ : वर्षमान पुन

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 84
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस–एमाले गठबन्धन सरकारले लय समात्न नसकेको बताएका छन्।

    रोल्पाको राङसीमा भएको कार्यक्रममा बोल्दै उपमहासचिव पुनले गठन भएको तीन महिना बितिसक्दा पनि वर्तमान गठबन्धन सरकारले लय समात्न नसकेको आरोप लगाएका हुन् ।



    उनले सरकार जनआकांक्षा र भावनाअनुसार नचलेको बताए।



    प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न थालेपछि अत्तालिएका बिचौलिया तत्वले कांग्रेस र एमालेलाई रातारात मिलाएर केपी ओली नेतृत्वमा वर्तमान सरकार गठन गरेको उपमहासचिव पुनले आरोप लगाए।

    सरकारले यो तीन महिनामा आशा जगाउने काम गर्नुको साटो बिचौलिया तत्वहरूकै स्वार्थमा काम गरेको उनले बताए।

    सरकारले जनतामा आशा जगाउन नसकेको र मुलुकका निराशा बढ्दै गएको उपमहासचिव पुनको भनाइ छ।

    सरकारमा रहका दलहरूलाई जनताका आकांक्षा र भावनाअनुसार काम गर्न सुझाउँदै उनले प्रमुख प्रतिपक्षीको हैसियतमा आफ्नो दलले राम्रो कामका लागि सहयोग गर्ने र खराब काम गर्दा विरोध गर्ने स्पष्ट गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार