काठमाडौं । पहिलो टी-२०आई खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे। पौडेलले दीपेन्द्रसिंह ऐरीसंग पाचौं विकेटका लागि ६६ रनको साझेदारी गरे । दीपेन्द्र २८ रनमा आउट भए।
आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७(२७ रन जोडे । नेपालले पछिल्लो ७ बलमा ५ विकेट गुमायो । अब केहीबेरमा अमेरिकाले ब्याटिङ गर्नेछ ।
Leave a Reply