Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • आज कार्तिक २ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

    आज कार्तिक २ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 519
    SHARES

    काठमाडौं । आज २०८१ साल कार्तिक २ गते शुक्रबारको राशिफल ।

    मेष



    आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ ।



    मिथुन

    आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

    सिंह

    नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

    तुला

    आज आफन्त र प्रिय व्यक्तिसँग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।

    धनु

    लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । अशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेट घाट नरहला ।

    कुम्भ

    सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

    बृष

    आज धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

    कर्कट

    आज अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।

    कन्या

    आज दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् । धार्मिक यात्राको योग छ ।

    बृश्चिक

    आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो कार्यको प्रारम्भ हुनेछ । खानपिन र मनोरञ्जनमा अभिरुचि पनि बढ्नेछ ।

    मकर

    आज शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

    मीन

    आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार