Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

    साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 174
    SHARES

    काठमाडौं । आजदेखि महिला साफ च्याम्पियनशिप शुरु हुँदैछ ।

    त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुने उद्घाटन खेलमा आज भारत र पाकिस्तान खेल्दैछन् । नेपालले भने भोलि भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।



    महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् ।



    प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ । नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार