Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • हिन्दू राष्ट्र संविधानमा होइन, स्वाभिमानमा चाहिन्छ : मेयर बालेन

    हिन्दू राष्ट्र संविधानमा होइन, स्वाभिमानमा चाहिन्छ : मेयर बालेन

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 186
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा हुनुपर्ने बताएका छन् ।

    बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा कविता शैलीमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।



    उनले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताए ।



    ‘गाउँ मासेर बनेको शहरको के काम ? आफ्नो ठाउँ नै नरहे पछि, नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि,’ उनले लेखेका छन्, ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दू राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार