Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सातवटै प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

    सातवटै प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 105
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।



    सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।



    कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार