Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • प्रहरी हवल्दार जोशीविरुद्ध किटानी जाहेरी

    प्रहरी हवल्दार जोशीविरुद्ध किटानी जाहेरी

    किशोरी बेपत्ता प्रकरण

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 462
    SHARES

    बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की करिब १७ वर्षीया किशोरी बेपत्ता भएको चार दिनपछि किटानी जाहेरी परेको छ ।

    शुक्रबार बिहान बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी हवल्दार कृष्णराज जोशी विरुद्ध किटानी जाहेरी दिएका हुन् ।



    पञ्चेश्वर–२ स्थित महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार जोशी विरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



    किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ । प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरण समेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् ।

    किशोरी बेपत्ता भएपछि हवल्दार जोशी भारतपट्टीबाट भाग्दै गरेको अवस्थामा भेटिएपछि स्थानीयले नियन्त्रणमा लिएका थिए ।

    बेपत्ता किशोरीको खोजी गर्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार