Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • आरती हत्या प्रकरण : यस्तो आयो पोष्टमार्टम ‘रिपोर्ट’ !

    आरती हत्या प्रकरण : यस्तो आयो पोष्टमार्टम ‘रिपोर्ट’ !

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 486
    SHARES

    डडेल्धुरा । डडेल्धुरामा १४ वर्षीया किशोरी आरती भट्टराईको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । डडेल्धुरा अस्पतालको पोष्टमार्टम रिपोर्टले घाँटी थिचेर आरतीको मृत्यु भएको देखाएको हो ।

    बालिका हत्या आरोपितले पनि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष यसअघि नै स्वीकार गरेको र रिपोर्टले पनि त्यही देखाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।



    डीएसपी सुगन्ध श्रेष्ठका अनुसार आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको बताए ।



    डिएसपी श्रेष्ठका अनुसार मृतकको भजाइनल स्वाब, कपाल र रगत परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । यही असोज २५ गते आरती अमरगढी नगरपालिका–७ पोखरामा मृत फेला परेकी थिइन् ।

    उनको शव प्लास्टिकको बोरामा फेला परेको थियो । भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका सोही स्थानका पुस्तक व्यवसायी ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक समेत गरिसकेको छ । आरती र भण्डारीबीच एक वर्षदेखि प्रेम सम्वन्ध रहेको पनि खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार