Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • साफ महिला च्याम्पियनसिपको तयारी पूरा

    साफ महिला च्याम्पियनसिपको तयारी पूरा

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 93
    SHARES

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप कात्तिक १ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको हो ।



    मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।



    प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार