Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • नेत्रविक्रम चन्द ‘विप्लव’ र जनार्दन शर्माबीच भेटवार्ता

    नेत्रविक्रम चन्द ‘विप्लव’ र जनार्दन शर्माबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 126
    SHARES

    बुटवल। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।

    कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीस्थित महासचिव विप्लवको निवास भोकरमा आज भेटघाट भएको हो।



    दुई नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, माओवादी केन्द्र र नेकपा सहभागी समाजवादी मोर्चा, पुर्व माओवादी घटकहरुका विषयमा कुराकानी भएको विप्लवको सचिवालयले जनाएको छ ।



    विप्लव र जनार्ददनबीचको भेटवार्तामा दुई पार्टीबीचको सम्भावित एकताका विषयमा पनि छलफल भएको जनाईएको छ ।

    दुई नेताबीचको छलफलमा अधिकांश विषयमा समान धारणा रहेको र छलफल सकारात्मक भएको विप्लवको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार