Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • ब्राउन सुगरसहित भारतीय बुबा–छोरा पक्राउ

    ब्राउन सुगरसहित भारतीय बुबा–छोरा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 75
    SHARES

    झापा । भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित दुईजना भारतीय पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लागूऔषधसहित भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनी ८ बस्ने ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खानलाई पक्राउ गरिएको हो ।



    उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले सोमबार दिउँसो साढे १ बजे भद्रपुर– ५ बसपार्कस्थित न्यु बान्तवा होटेलबाट ५८ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।



    होटेलमा लागू औषधको कारोबार भइरहेको जानकारी पाएपछि प्रहरी टोली होटेलमै पुगेर बुबा-छोराको शरीर तलासी गर्दा ब्राउन सुगर फेला परेको थियो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार