Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • पेस्तोल र तीन राउण्ड गोलीसहित तामाङ पक्राउ

    पेस्तोल र तीन राउण्ड गोलीसहित तामाङ पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 180
    SHARES

    काठमाडौं । प्रहरीले तीन राउण्ड लोड गरिएको गोली र पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पनौती नगरपालिका-१ स्थायी भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङ छन् ।



    उनलाई पनौतीस्थि घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । हतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।​



    उनको साथबाट प्रहरीले मेड ईन यूएसए लेखेको पेस्तोल र म्याग्जिनमा ३ राउण्ड गोली लोड भएको अवस्थामा बरामद गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार