Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • साफ च्याम्पियनसिप : एन्जिलाको कप्तानीमा नेपाली राष्ट्रिय टिमको घोषणा

    साफ च्याम्पियनसिप : एन्जिलाको कप्तानीमा नेपाली राष्ट्रिय टिमको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 147
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि २३ सदस्यीय टिम घोषणा गरेको छ।

    मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तुम्बापोको नेतृत्वमा नेपाली राष्ट्रिय टिमको घोषणा गरेका हुन् । उनी गोलरक्षक पनि हुन् ।



    यस्तै अन्य दुई गोलरक्षकमा अञ्जना रानामगर र उषा नाथ छिन् । यस्तै डिफेन्डरमा गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी थोकर छन् ।



    यस्तै मिडफिल्डमा रेनुका नगरकोटी, प्रिति राई, सुरु लिम्बू, दीपा शाही, सविता रानागमर, अनिता वस्नेत, अमिशा कार्की र विमला चौधरी छन् ।

    फरवार्डमा भने रश्मिकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी छन् ।

    नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ र यसमा सम्मिलित अन्य टिममा भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

    नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा भुटानको सामना गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार