Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • श्रीमतीले डिभोर्स मागेपछि पुलबाट हामफालेका युवकको घटनास्थलमै मृत्यु

    श्रीमतीले डिभोर्स मागेपछि पुलबाट हामफालेका युवकको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २७ असोज २०८१
  • 1.4K
    SHARES

    रुकुम । रुकुम पश्चिममा पुलबाट हाम फालेका एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

    पुलबाट हाम फालेका रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ का ३७ वर्षीय बुद्धिराम बोहराको घटनास्थलमै मृत्यु भएको हो ।



    बोहराले दशैंको टीकाको दिन दिउँसो ४ बजेतिर स्थानीय झोलुङ्गे पुलबाट हाम फालेका थिए।



    मठ र सल्ले जोड्ने झोलुङगे पुलको माथिबाट झन्डै ६ सय मिटर मुनि हाम फालेका बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    श्रीमतीले डिभोर्स मागेपछि बुद्धिरामले पुलबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार