Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको सञ्चारमन्त्री गुरुङको दाबी

    देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको सञ्चारमन्त्री गुरुङको दाबी

    अनलाइन नेपाल
  • शनिबार, २६ असोज २०८१
  • 153
    SHARES

    लमजुङ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताएका छन् ।

    क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा शनिवार टक्सार बाबा र आमा समूहले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रको विकास, रोजगारीका सृजनालाई पहिलो प्राथमिकता दिएको बताए ।



    सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, यातायातलगायत सुविधा गाउँमा पुगे पनि गाउँका घर खाली हुँदै तथा जमिन बाँझो रहेकामा चिन्ता व्यक्त गरे। गाउँबाट सहर पस्ने र सहरबाटै विदेश जाने प्रवृत्ति रोक्न सरकारले हरसम्भव प्रयत्न गरिरहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार