Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • बन्चरो प्रहार गरी श्रीमतीको हत्या

    बन्चरो प्रहार गरी श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • शनिबार, २६ असोज २०८१
  • 240
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीको चुरे गाउँपालिका–६, ढुंगेनी गाउँका डम्मरबहादुर चुनाराले बन्चरो प्रहार गरी ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको हत्या गरेका छन् ।

    निजले आफ्नी श्रीमतीको टाउकोमा बन्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



    डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।



    गए राति नै धनगढी क्षेत्रबाट बझाङको केदारस्यू गाउँपालिका–२ का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका–१४ का १९ वर्षीय आकाश मगरलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार