Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • युवती बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

    युवती बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २६ असोज २०८१
  • 330
    SHARES

    फाइल तस्विर

    बैतडी । युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन् ।

    बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रहरी हवल्दार जोशीलाई शुक्रबार स्थानीयले महाकाली पारी भारततर्फबाट जोशीलाई नियन्त्रणमा लिएका थिए ।



    जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन् । डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् ।

    बेपत्ता किशोरीको अवस्था अज्ञात रहेको छ। उनीहरुले चौकी इन्चार्ज जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार