Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • नेपाल प्रहरीले आज काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउने

    नेपाल प्रहरीले आज काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउने

    अनलाइन नेपाल
  • शनिबार, २६ असोज २०८१
  • 201
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज निःशुल्क बस सेवा दिने भएको छ।

    सार्वजनिक यातायातका साधनहरू कम चल्ने भएकाले सर्वसाधारणलाई सहजताका लागि निःशुल्क बस चलाउन लागेको हो।



    प्रहरीका अनुसार एउटा बस रिङरोडभित्र र अर्को बस रिङरोडबाहिरका यात्रुलाई मध्यनजर गरेर सञ्चालन सञ्चालन गरिनेछ।



    काठमाडौं उपत्यकाभित्र एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुने प्रहरीले जनाएको छ।

    यसैगरी दुई नम्बर रुटको बस नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार