Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • बेरुतमा इजरायली हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

    बेरुतमा इजरायली हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 60
    SHARES

    एजेन्सी । इजरायलले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

    उक्त आक्रमणमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ भने अन्य ११७ जना घाइते भएका छन् ।



    कुनै चेतावनीबिना नै भएको आक्रमणले राजधानीको मध्यभागमा रहेका दुईवटा आवासीय भवनलाई निशाना बनाएको थियो।



    सेप्टेम्बरको अन्त्यमा इजरायली सैन्य कारबाही विस्तार भएदेखि बेरुतको दक्षिणी उपनगर दहियाह बाहिर यो तेस्रो इजरायली आक्रमण हो ।

    यसअघिका आक्रमणहरूले सेप्टेम्बर २९ मा बेरुतको कोला र अक्टोबर ३ मा बाचौरालाई लक्षित गरेको थियो ।

    आवासीय ब्लकहरूबाट भवनहरू हल्लिरहेको र धुवाँ निस्किएकोले झन्डै एक माईल टाढाबाट प्रभाव महसुस गरेको लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।

    लेबनानको जनस्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ बेरुतमा इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको र ४८ जना घाइते भएको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार