Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • दशैंको अवसरमा आईजीपी कुँवरले गरे मौलो पूजा

    दशैंको अवसरमा आईजीपी कुँवरले गरे मौलो पूजा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 78
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बडादशैंका अवसरमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।

    नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा आईजीपी कुँवरले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाएका हुन् ।



    उनले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खा थारूलाई नगद पुरस्कार प्रदान गरे।



    सो अवसरमा आईजीपी कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए ।

    पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार