Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • जुवातास खेलिरहेका ९ जना पक्राउ, झण्डै एक लाख बरामद

    जुवातास खेलिरहेका ९ जना पक्राउ, झण्डै एक लाख बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 81
    SHARES

    फाइल तस्विर

    रोल्पा । दक्षिणी रोल्पाको होलेरीस्थित स्थानीय एक होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय होलेरीले स्थानीय चर्चित होटल कोहिनुरमा ठूलो रकमसहित जुवा खेलिरहेको भन्ने सूचना पाएपछि खोजी गर्ने क्रममा बिहीबार राति ११ बजेतिर नगदसहित ९ जनालाई पक्राउ गरिएको हो ।



    सूचना पाएपछि इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा १० जना प्रहरी खटाइएको थियो ।



    जुवा खेलिरहेका ९ जनाबाट ५ गड्डी तास र ९१ हजार ६ सय १५ रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरू होलेरीस्थित प्रहरी हिरासतमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार