Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सुनसरी प्रहरीले भन्यो – दसैंमा घर छाडेर जाँदा खबर गर्नू, धन सम्पत्तिको सुरक्षा गर्छौँ

    सुनसरी प्रहरीले भन्यो – दसैंमा घर छाडेर जाँदा खबर गर्नू, धन सम्पत्तिको सुरक्षा गर्छौँ

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 219
    SHARES

    सुनसरी । सुनसरी प्रहरीले दसैंमा घर छाडेर माइत, मामल र आफन्तको घर जाँदा खबर गरेर गए सुरक्षा दिने भएको छ ।

    दसैंमा घर छाडेर अन्यत्र जाँदा चोरी डकैती हुने भएकाले प्रहरीलाई खबर गरेर गए जिल्लाबासीको धन सम्पत्तिको सुरक्षा प्रहरीले गरिदिने भएको हो ।



    सुनसरीका अनुसार लामो समय घर छाडेर जाँदा चोरी डकैतीमा संलग्न ब्यक्तिहरूले घरमा प्रवेश गरी डकैती गर्ने भएकाले प्रहरीले दसैं विशेष सुरक्षा प्रदान गरी जिल्लाबासीको सम्पत्तिको सुरक्षा गर्ने ब्यवस्था गरिएको छ ।



    १२ वटा पालिका रहेको सुनसरीमा धरान, तरहरा, इटहरी, इनरुवा, झुम्का, दुहबी, चक्रघट्टी, लौकही, भ्यान्टाबारी, हरिनगरा, चादबेला, चतरा, प्रकासपुरलगायतका मुख्य बजारहरूमा प्रहरीको विशेष टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार