Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • दशैंले समुदायबीचको एकतालाई अझ मजबूत बनाउँन प्रेरित गर्न सकोस् : सभापति देउवा

    दशैंले समुदायबीचको एकतालाई अझ मजबूत बनाउँन प्रेरित गर्न सकोस् : सभापति देउवा

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 54
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादशैंले विविधताबीच एकता कायम गर्नुपर्ने बताएका छन् ।

    बडादशैं २०८१ को अवसरमा बुधबार शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यस्तो बताएका हुन् । उनले चाडपर्वले नेपालीबीचको एकतालाई थप सुदृढ बनाउनुपर्ने बताए ।



    ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा निहित बन्धुत्व भावले यी विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । हरेक बडा दशैंले समुदाय, संस्था, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ सुदृढ बनाउंँदै आएको छ,’ देउवाले भनेका छन्, ‘दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ । सदा झैं यसपटकको बडा दशैंले समुदाय, संस्थाहरू, परिवार र व्यक्ति —व्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँन हामीलाई प्रेरित गर्न सकोस् ।’



    बडा दशैंको यो पुनीत अवसरमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई देउवाले शुभकामना व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार