Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • पत्रकार भन्दै सरकारी वकिलको भिडियो खिचेर रकम माग्ने दानी पक्राउ

    पत्रकार भन्दै सरकारी वकिलको भिडियो खिचेर रकम माग्ने दानी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 168
    SHARES

    काठमाडौं । सरकारी वकिलले पैसा लिएको भिडियो खिचेर पैसा माग्ने एक युवक पक्राउ परेका छन्।

    गोरखा घर भइ कपन बस्ने अश्विन दानीलाई उपत्यका प्रहरी कार्यालयले पक्राउ गरेको हो । उनीविरुद्ध अपाराधिक लाभ मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।



    प्रहरी स्रोतका अनुसार उनले केही हप्ताअघि नुवाकोटका एक सरकारी वकिलले पैसा लेनदेन गरेको भिडियो गोप्य रुपमा खिचेका थिए ।



    घुस लिएको भनेर सार्वजनिक गरिदिने भन्दै उनले १२ लाख मागेका थिए । तिनै सरकारी वकिलको उजुरीका आधारमा दानी पक्राउ परेका हुन् ।

    आफुलाई पत्रकार बताउने दानी यसअघि चोरी मुद्दामा पक्राउ परेको समेत खुलेको छ ।

    यसअघि मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको थियो ।

    दानी गोरखाबाट हिमालय टेलिभिजनको संवाददाता रहेको खुलेको छ । उनी विभिन्न शक्तिशाली व्यक्तिहरुसँग खिचेको तस्विर सामाजिक सार्वजनिक गर्ने व्यक्ति हुन् । उनले त्यही प्रभावमा तस्करी गर्दै आएको खुलेको त्यतिबेलै खुलेको प्रहरीको दावी छ ।

    प्रहरीका अनुसार गत फागुन ३० गते मुगा माला र टल्कने पत्थर किन्न भन्दै उनीहरु नुवाकोटको बिदुर नगरपालिका–७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए ।

    घरमा पुगेर सामान हेरेपछि ३५ लाखमा किन्ने फाइनल डिल गरेर अन्त्यमा पैसा नदिई सामान लिएर भागेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार