Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बालिकाहरुलाई प्रवेश गराएको आरोपमा ठमेलका दुई डिस्कोका कर्मचारी पक्राउ

    बालिकाहरुलाई प्रवेश गराएको आरोपमा ठमेलका दुई डिस्कोका कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 138
    SHARES

    काठमाडौं । नाबालिकालाई प्रवेश दिएको आरोपमा प्रहरीले ठमेलका दुई डिस्कोका कर्मचारीलाई पक्राउ गरेको छ ।

    सिनेट र फायर क्लबमा छापा हानी काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको हो ।



    सनिप महर्जन र सन्देष थापालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    पक्राउ परेकाविरुद्ध बालबालिकासम्बन्धि ऐनअनुसार कारबाही गरिने प्रहरीले कारबाही अघि बढाएको छ । ती क्लबका सञ्चालक भने पक्राउ परेका छैनन् ।

    दशैंको मुखमा यसरी प्रहरीले डिस्कोमा छापा हान्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । केही क्लबमा मात्र छानी छानी छापा हानिएको छ ।

    क्लबमा १८ वर्षभन्दा कम उमेरका किशोर किशोरी प्रवेश गराउन नहुने प्रावधान छ । तर, डिस्कोमा उमेर खुलाएर प्रवेश गराउने प्रणाली छैन ।

     

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार