Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • ३९२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

    ३९२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 99
    SHARES

    मकवानपुर । मकवानपुर प्रहरीले ३९२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

    प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गाँजा र ट्याङकर पक्राउ गरेको हो ।



    बिशेष सुचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङकरमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    पक्राउ पर्नेमा मकवानपुरको मनहरी-९ ज्यामिरेका ट्याङकर चालक २६ वर्ष रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ल रहेका छन् ।

    प्रहरीले ट्याङकरको पाँचवटा डिब्बाहरुमध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा लुकाएर राखेको लागूऔषध गाँजा फेला परेको हो ।

    यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार