Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • आज असोज २२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    आज असोज २२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 483
    SHARES

    काठमाडौं । आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल ।

    मेष



    आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।



    मिथुन

    आज नयाँ र शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

    सिंह

    आज विद्यामा ह्रास हुनसक्छ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा खर्च पनि हुनेछ, तर सफल यात्राको योग पनि छ ।

    तुला

    कुनै न कुनै माध्यमबाट आफन्तसँग भेटघाट हुनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    धनु

    अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

    कुम्भ

    शुभ समाचार सुन्न पाइनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । स्वादिष्ट परिकारले समेत प्रतीक्षा गर्नेछ ।

    बृष

    इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

    कर्कट

    साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक यात्राको योग पनि रहेको छ ।

    कन्या

    सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसायमा फाइदा होला । पुनर्मिलनको योग पनि रहेको छ ।

    बृश्चिक

    आज जोशजाँगर र खुसी थापिनेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । प्रियपात्रबाट सहयोग पनि मिल्नेछ ।

    मकर

    आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । कृषि कार्यका कमहरू सम्पन्न हुनेछन् ।

    मीन

    आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार