Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट बने एसएसपी ज्ञवाली

    उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट बने एसएसपी ज्ञवाली

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 210
    SHARES

    काठमाडौं । आर्थिक प्रशासन महाशाखाका कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट भएका छन् ।

    राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा भएको सि.सं.५ उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली प्रशासनतर्फका अधिकृतहरुलाई समेत उछिन्दै सर्वोत्कृष्ट भएका हुन् ।



    उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सर्वोत्कृष्टको प्रमाणपत्र प्रदान गरे । सो तालिम गत भदौ १६ देखि २१ असोजसम्म भएको थियो ।



    सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका ज्ञवालीले सेवा प्रवेशकालको आधारभूत तालिम होस् वा पेशागत रुपमा प्रदान गरिने उन्नत सबै तालिममा उत्कृष्ट स्थान हासिल गर्न सफल भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार