Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • उपरथीमा बढुवा भएका हरेन्द्र पाठकलाई दर्ज्यानी चिह्न प्रदान

    उपरथीमा बढुवा भएका हरेन्द्र पाठकलाई दर्ज्यानी चिह्न प्रदान

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 144
    SHARES

    काठमाडौं । नेपाली सेनाका सहायक रथी हरेन्द्र पाठकको उपरथीमा बढुवा भएको छ ।

    प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच पाठकलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।



    पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएका छन् ।



    प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका मनि कुमार श्रेष्ठ र विष्णु बहादुर कार्कीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

    यसैगरी महासेनानी दर्जामा पदोन्नति भएका डा.निरव कायस्थ, प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुसिल महतले पनि बढुवाको फुली लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार