Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • स्रोत नखुलेको १९ लाखसहित कलंकीबाट दुई जना पक्राउ

    स्रोत नखुलेको १९ लाखसहित कलंकीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 183
    SHARES

    काठमाडौं । स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो।



    पक्राउ पर्नेहरुमा दोलखाको विगु गाँउपालिका-४ स्थायी घर भई हाल काठमाडौंको कलंकी बस्ने वर्ष ३५ की साबित्री वली र न्यूरोड वस्ने वर्ष २५ का सुरेश वली रहेका छन् ।



    प्रहरीले कलंकीस्थित शंकास्पद कारोबार भईरहेको सुचनाको आधारमा प्रहरीले साबित्रीको साथबाट बैंकमा जम्मा गर्न बोकी हिडेको अवस्थामा श्रोत नखुलेको १५ लाख रकम फेला पारी बरामद गरेको थियो ।

    प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम भारतिय नागरिकको रहेको र सावित्रीले विगत १ बर्षदेखि न्यूरोडस्थित रहेको भारतिय नागरिकको अफिसमा काम गर्ने गरेको बताएकी थिईन्।

    सावित्रीलाई सँगै लगेर अफिसको चेकजाँच सुरेश वलीको साथबाट थप श्रोत नखुलेको ४ लाख रकम फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    उनीहरुको साथबाट १९ लाख नगद, ५ वटा बिभिन्न बैंकका स्लिप र एक थान ‍मोवाइल बरामद गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार