Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • श्रीमतीको हत्या गरी फरार भएका काले तामाङ पक्राउ

    श्रीमतीको हत्या गरी फरार भएका काले तामाङ पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 99
    SHARES

    काठमाडौं । श्रीमतीको हत्या गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेका छन्।



    गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका-६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत फेला परेकी थिइन् ।

    घटनाबारे अनुसन्धान गर्दा शेर्पालाई उनकै पति जितबहादुरले कुटपिट गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

    घटनापछि जितबहादुर भने फरार भएका थिए ।

    उनी उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गर्न सफल भएको हो ।

    जितबहादुरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार