Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

    कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 813
    SHARES

    विराटनगर । मोरङमा सडक दुर्घटना हुँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ ।

    जिल्लाको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो ।



    मोरङ प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६ः४० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक प्रहरी जवान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए ।

    दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो।

    अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।

    दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार