काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
आइतबार उनले गोदावरी, देवीचौर, टीकाभैरवलगायत क्षेत्रको निरीक्षण गरेका हुन् ।
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई लाभग्राहीको विवरण पठाउन निर्देशन दिए ।
उनले क्षतिको मूल्यांकन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताए ।
Leave a Reply