Online Nepal
  • आइतबार, २० असोज २०८१
  • नेपालको पश्चिमी क्षेत्रबाट बाहिरियो मनसुन

    नेपालको पश्चिमी क्षेत्रबाट बाहिरियो मनसुन

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 462
    SHARES

    काठमाडौं । नेपालका केही भूभागबाट यो वर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट मनसुन बाहिरिएको हो ।

    “मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ,” मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।



    नेपालबाट पूर्ण रूपमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । भित्रने औसत मिति जुन १३ हो । हरेक वर्ष सरदर मितिभन्दा केही दिन ढिलो वा चाँडो पनि मनसुन बाहिरिने र भित्रने मौसमविद्ले बताउँदै आएका छन् ।



    मनसुनी वायु कमजोर हुँदै गएको र केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिने मौसम महाशाखाले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार